Bhupal Sapkota
पछि के हुन्छ
थाह छ?
पछि, चिया चिसो हुन्छ !
पछि, फूलहरु ओईलाउछन।
पछि, मन लाग्न छोड्छ !
पछि, मौसम मात्र होइन,
मान्छेहरु पनि, परिवर्तन हुन्छन् !
पछि रिस, सम्झनामा बदलिन्छ।
माया, आदतमा बदलिन्छ !
पछि, मन धेरै समझदार हुन्छ ।
तर त्यो समझदारिले हराएको समय
फर्काउन सक्दैन ।
किनकि पछि, धेरै
ढिलो भैसकेको हुन्छ !
पछि के हुन्छ थाह छ?
https://www.bhupalsapkota.com/pachhi/