Bhupal Sapkota
जसले संन्सार आफ्नो मान्छ उसलाई घर्म र अधर्मको परिधिले समेट्न सक्तैन ।
जिन्दगीमा हरिको ह पनि नसुनेका मानिसहरु ८०-९० बर्ष बाँचेकै छन् !
कुलत जाँड रक्सी भाँङ धतुरो गाँजा चरेस चुरोट खैनी बिँडि सुर्ती गुट्खा हुक्का चिलिम जर्दा पान ! लत चिया चिनी भात रोटी नुन तेल आलु मिठाइ तितौरा कोकाकोला ! कुलत ले मर्छौ कि लतले मर्छौ साथि ?
अरु हिन्दा आफू दौडिए जस्तो । अरु बस्ता आफू हिनिरहे जस्तो । अरु शान्त हुँदा आफू छटपटिए जस्तो । यो बेचैनी को स्रोत के हो ? के का लागी ?
५ बर्षको उमेरमा बिहे हुने जूग । १० बर्षको उमेरमा बिहे हुने जूग । १५ बर्षको उमेरमा बिहे हुने जूग । २० बर्षको उमेरमा बिहे हुने जूग । २५ बर्षको उमेरमा बिहे हुने जूग । ३० बर्षको उमेरमा बिहे हुने जूग । ३५ बर्षको उमेरमा बिहे हुने जूग । मान्छेलाई जति लामो समय परिवार बसाउनबाट […]
पानी परेपछी सबै अन्न, फलफूल तरकारिका बिउहरु यसरी उमृएको देखेर मलाई पनि झरीमा रुझ्न मन लाग्यो !
मेरो त कपाल मात्र काटियो तर, टाउको त काटिएन । पोते मात्र चुँडाइयो तर, गला त रेटिएन । चुरा मात्र फोरियो तर, हातहरु त फोरिएनन् । पाउजू मात्र झिकिए तर, खुट्टाहरु जोगिए । गहना पो झिकिए तर, नाककान त काटिएनन् । मेरो शरीरका राता लुगा र श्रृङ्गार मात्र पो खोसिए तर, शरीर त खोसिएन । […]
मलाई कस्ले सिकाइदिन्छ त नि अब पढ्न? आफै पढ्दै जाउ । हेरिरहेसी आफैं चिनिन्छन अक्षर एकपल्ट देखेको मान्छे फेरि देख्दा चिने जस्तै ! अनि लेख्न नि? लेख्नु भनेको नि यहाँको बाटो हिड्नु जस्तै त हो नि । हिड्दै जाँदा हिनेको बाटो आफै चिनिएजस्तै लेख्दै जाँदा एकपल्ट लेखेका अक्षर आफै लेखिन्छन, चिनिन्छन । एकपल्ट हिँडेको बाटो […]
आफ्नै जिवनको रातो फूल टिपिँदा कसैसँग केही गुनासो नगरेकी म आँगनका फूल छिमेकी दिदिहरुले टिप्दा आमासँग गुनासो गरिरहेछु । मानौँ तिनिहरुले मेरै जिवनको फुल टिपेका हुन् ।
को रहेछ भनेर यसो भित्रबाट हेरेको त, बा पो ! मलाई त बा आउँदा अर्को घाम उदाएजस्तै लाग्यो । मेरो निजि घाम । किनभने, बिहानको घामसँगसँगै बा आँगनमा झुल्किनुभएको छ ।
दिनभरी कामैकामले तन पनि मन पनि थाकेपछी सपना पनि निदाउँदो रहेछ ।