Bhupal Sapkota
शङ्ख बज्नुघण्टी बज्नु भगवानका आरति गुन्जनु एउटा दैविक र आध्यात्मिक माहोल दैनिक एक घन्टा बन्नु सानो कुरा हैन जस्तो लाग्छ । आफ्नो संस्कारपरम्परा, रितिरिवाज यसरी दैनिकी बन्दै गुन्जीरहेको सुन्दा मन आनन्दित हुन्छ ।
रातमा सपनामा देखिने साथिहरु थुप्रै बनाइएछ ! दिउसो उज्यालोमा सपना देखाउने साथिहरु गुमाइयछ ! उमेर सायद ।
धेरै बोल्दा नचाहिने बोलिन्छ कि भन्ने संकोच । धेरै चल्दा केहि बिग्रिपो हाल्छ्की भन्ने त्रास । आजकल इन्द्रियहरु संकोच ले रोकिएका छन्। कुनै बेला उडेर आकाश छुन्छु भन्ने इक्छाहरुअहिले सुतेर सपना देख्न समेत चाह गर्दैनन्। यो उमेर हो ? उमेर मात्र ले त यस्तो नहुनु पर्ने !
गर्ने कुरा खेल्ने कुरा स्वादका कुरा सबै हेर्ने कुरा भए टिभि मोबाईल ईन्टरनेट ! हेरेका कुरा दिमागले बुज्ला शरीरका आबश्यकता कसरी पुगोस् ? आजकल केटाकेटी खेलेको खै? चलेको खै? बालचर्तीकला खै?
आजकल बिना कारणबिना प्रसङ्ग नबोल्ने, नलेख्ने, नगर्ने आदत लागेको छ।
खै खोला?घाम ले सुकायो! खै घाम?बादलले छेक्यो! खै बादल?हावाले उडायो! खै हावा?फू उ उ उ उ उ उ (लामो सास तान्नुस अनी फुक्नुस)
तीन सय खाली पन्ना होसया तीन सयभरिएका पन्ना होसमूल्य उतिनै पर्छ ! सो,तिमी के गर्छौ? लेख्छौ ?की पढेर बस्छौ?
आइजा चरी आइजाबाबुलाई निदाईजा आइजा बत्ती आइजाबाबुलाई निदाईजा आइजा मामा आइजाबाबुलाई निदाईजा आइजा बाबा आइजाबाबुलाई निदाईजा
मान्छे अफिस जान रमाउने पनी हुँदो रैछ है सर ?
गर्छु भनेसि त्यसरी गर्नु जहाँ निहुहरु, बहानाहरुको सवाल नहोस गर्नु बाहेकको बिकल्प नहोस कुनै पछूतो नहोस कत्ति पनि रिस राग नहोस अनि भोलिबाद नहोस अनि धोका नहोस । र गर्दिन भनेसि त्यसरी नै नगर्नु । गर्नु पर्ने चिज प्रतिमान्छे जिम्मेबार होस्प्रतिबध्द होस् समर्पण होस् !
जिम्मेवारीमा लिने र दिने दुई पक्ष हुन्छन । दुबैको स्वार्थ हुन्छ दुबैका सपना हुन्छन् दुबैका आशा हुन्छन् । दुबैमा जिम्मेबारी थपिन्छ । लिनेमा त यसै थपियो दिनेमा झन लिने ले के गर्ने होला भन्ने जिम्मेबारी ! त्यसैले जिम्मेबारी सामान्य गणित हो !